हात्तीमा चढेर योग गर्दै गर्दा नमज्जाले पछारिए बाबा रामदेव (भिडियोसहित)

 कोरखबर   २८ असोज, २०७७



असोज २८,एजेन्सी । योग गुरु बाबा रामदेव सोमबार हात्तीमा सवार भएर योगा गदै गर्दा हात्तीबाट खसेका छन्।

भारत उत्तरप्रदेशको मथुरामा एउटा हात्तीमा चढेर योग गर्दा सन्तुलन गुमेर भुईंमा खसेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

उनी भुईंमा खसेपछि उठेर धुलो टक्टक्याउँदै हिँडेको भिडियोमा देखिन्छ।

मथुरा महावनस्थित रामनरेती आश्रममा भएको सो घट्नामा उनी घाइते भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भिडियो हेर्नुहोस :



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post