असोज २७, ओखलढुंगा। किशोरी बलात्कारको आरोपमा ओखलढुंगा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिका-६ बस्ने ५१ वर्षीय सनमान थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थापाले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।