क्वारेन्टीनमा वडा अध्यक्षको मदिरापाटी, भिडियो भाईरल !

 कोरखबर   २६ असोज, २०७७



असोज २६,काठमान्डौ ।  वडाध्यक्षले क्वारेन्टीनमै साथिभाईलाई मदिरापाटी दिएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाईरल भएको छ । यो रामेछापको घट्ना हो ।

अष्ट्रेलीयाबाट हालै फर्किएर क्वारेन्टीनमा बसिरहेका रामेछापको मन्थली नगरपालिका–२ कठजोरका वडा अध्यक्ष तरणीशंकर अधिकारीले साथीहरुलाई  क्वारेन्टीनमै बोलाएर मदिरापाटी दिएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । 

कोरोनाभाइरस नियन्त्रण तथा उपचारका लागि क्वारेन्टीन बनाइएको कठजोर स्वास्थ्य चौकीका इञ्चार्ज सहितका आफ्ना साथीहरुलाई क्वारेन्टीनमा बसिरहेका वडा अध्यक्ष अधिकारीले मदिरा सहितको पार्टी दिएको भिडियो सार्जजनिक भए लगत्तै भाईरल बनेको हो ।

भिडियोमा स्वास्थ्य चौकीका इञ्चार्ज प्रदिप महत्तो, श्री निलकण्ठेश्वर माध्यामिक विद्यालय कठजोरका प्रधानाध्यापक रामचन्द्र अधिकारी, सोहि विद्यालयका मावि शिक्षक महेशकुमार खतिवडालगायत केहि स्थानीयहरु मदिरा सेवन गरिरहेका देखिन्छन् भने वडाध्यक्ष अधिकारी छेउमा बसेर हेरिरहेको देखिन्छ ।

वडाध्यक्ष अधिकारीले भने क्वारेनटीनमा नभै स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीको क्वाटरमा साथीभाइसँग रमाइलो गरेको बताएका छन् । उनले आँफुलाई बदनाम गर्ने उद्धेश्यले भिडियो सार्वजनिक गरिएको प्रतिक्रिया दिएका छन् ।

यो विषयमा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाइसेकेको बताए । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले सार्वजनिक भिडियोको बारेमा जानकारी हुनासाथ सम्वन्धित व्यक्तिहरुलाई सोधपुछको प्रशासनमा बोलाईसकिएको बताएकी छिन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post