ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपा दुर्घटनाको खतरामा !

 कोरखबर   २६ असोज, २०७७



असोज २६,काठमान्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ विवादलाई सतहमा ल्याएको छ । शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।

ओली र प्रचण्डबीच बढेको टकरावको कम्पन कर्णालीमा पुगेको छ । योसँगै ओलीले पार्टीभित्र पेलेर जाने रणनीति लिएको सन्देश समेत गएको छ ।

सरकार सञ्चालनका लागि पार्टीभित्र समन्वय गरेर गर्ने भनेपछि ओलीले संकट टरेलगत्तै राजदूत नियुक्तिलगायतमा एकलौटी गरेको भन्दै प्रचण्डलगायतका नेताले असन्तुष्टि व्यक्त गरेका थिए । तर, त्यसलाई ओलीले बेवास्ता गरिदिए । मन्त्रिमण्डल पुर्नगठनमा पनि ओलीले आफ्नै चाहना बढी देखाउन थाले । यति सम्म की प्रचण्ड पक्षधर रहेर उनीबाट असन्तुष्टलाई सरकारमा मन्त्री बनाउन खोजे । यसले प्रचण्ड झस्किए । लगत्तै उनले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग परामर्श गरे ।

गौतम पनि ओलीसँग फेरि असन्तुष्ट भए । छ बुँदे ल्याएर संकट टारेको तर आफैलाई समस्यामा पारेको बुझाईपछि उनी पुरानै मोर्चा ब्युताउन सक्रिय भएको बुझिएको छ । विगतमा सचिवालयका छ जनाको मोर्चाबन्दी रहेकोमा यसपटक रामबहादुर थापा बादल घटेर पाँचजना बनेको छ । यो समूहले पछिल्लोपटक गम्भीर छलफल समेत गरेको छ । नेकपा सचिवालयका पाँचजनाको मोर्चाबन्दीको भेउ पाएर ओलीले पेलेरै जाने रणनीति बनाएको बुझिएको छ । यसको संकेत महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव दर्तापत्र सार्वजनिक भएबाट मिलेको छ ।

नेकपाभित्र अब ओलीविरुद्ध प्रचण्ड, माधव, झलनाथ, बामदेव र नारायणकाजीको मोर्चाको टकराव फेरि बढ्ने देखिएको छ । यो समूहले यसपटक फेरि रणनीति बनाएको र ओलीलाई चुनौती दिने तयारी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । ओली भने अब पेलेरै जाने तयारीका साथ प्रस्तुत भएका छन् । यसले नेकपाभित्र नयाँ संकट देखिएको छ । —पत्रपत्रिकाबाट



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post