असोज २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी छ ।
उनीहरूबीच पार्टी एकतालाई पूर्णता दिने सन्दर्भमा कुराकानी भइरहेको प्रचण्डनिकट स्रोतले जानकारी दियो । दुई नेताविचको भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिको विषयमा पनि छलफल हुने बताएको छ ।
गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो । त्यस्तै भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतलाई पूर्णता दिने निर्णय गरेको थियो । -फाइल तस्बिर