असोज २०,काठमान्डौ । प्रदेश ५ को स्थायी राजधानी भालुवाङ कायम भएको छ । प्रदेश सभामा केहिवेर अघि भएको मतदानमा राजधानी दाङको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ ।
प्रदेश ५को प्रदेशसभामा ८७ सांसद छन् । मतदानमा ८२ सांसद सहभागी भएका थिए । प्रदेश सभामुख पूर्णबहादुदर घर्तीले राजधानी दाङको पक्षमा बहुमत परेको घोषणा गरेका हुन् । प्रदेशको नाम लुम्बिनीमा भने विपक्षी कांग्रेस पनि सकारात्मक देखिएको छ । नामका सन्दर्भमा पनि मतदान सुरु हुँदैछ ।