प्रदेशको राजधानीको मामिलामा सत्तापक्षले दम्भ देखायो : कांग्रेस

 कोरखबर   २० असोज, २०७७



असोज २०,बुटवल । प्रदेश नम्बर ५ का विपक्षी दल नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले विस्तृत छलफल गरेर प्रदेशको राजधानी तोकेको भए दाङ पनि स्वीकार्य हुन सक्ने बताएका छन्। तर सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाले छलफलबिना ‘छापामार शैली’मा प्रदेशको स्थायी राजधानी दाङ र नाम लुम्बिनी प्रस्ताव दर्ता गरेको उनले बताए।

‘बहुमतको दम्भमा पेलेर देखाउँछु भनेर सत्तापक्ष लाग्यो। प्रतिपक्षको हैसियत छैन भन्ने देखाउन खोज्नुभयो। हामी १९ जना छौं। प्रतिपक्षको सधैं सम्मान गर्नुपर्छ,’ मंगलबार प्रदेशसभामा बोल्दै उनले भने।

निषेधाज्ञा, आन्दोलन र मानिसहरू पक्राउ परेका बेला छिटो प्रक्रियाबाट राजधानी र नाम तोक्न सरकारले खोजेकोले आफूहरूले विरोध गरेको उनले बताए।

संसदमा कुर्सी तोडफोड र सभामुखलाई लक्षित गरी माइक प्रहार हुने घटना सिर्जना हुनुको कारण नै सरकार एकलौटी ढंगले अघि बढ्नु रहेको उनको भनाइ छ। सोमबार प्रदेशसभामा कांग्रेस सांसदले कुर्सी तोडफोड गरेका थिए।

प्रदेश ५ को प्रदेशसभा बैठक अहिले बसिरहेको छ । प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन जारी सभालाई अहिले मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरिरहेका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post