सेनाले चार महिनामा बनायो छाङरुको बाटो !

 कोरखबर   २० असोज, २०७७



काठमाडौं, १९ असोज । दार्चुलाको व्याँस गाउँपालिका १ छाङरुको बाटो निर्माण सम्पन्न भएको छ ।

नेपाली सेनाले ४ महिना लगाएर उक्त बाटो निर्माण सम्पन्न गरेको हो।उक्त बाटोलाई सोमवार स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ। व्यास वडा नम्बर १ का जनताले बिगत ३ वर्षदेखि बाटो अवरुद्ध हुँदा सदरमुकाम खलंगा जान भारतीय बाटो प्रयोग गर्दै आएका थिए ।

सडक बनेसँगै व्यासवासीले भारतीय बाटो अब प्रयोग गर्नुनपर्ने भएको छ । वैशाख १४ गते सरकारले बाटो निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो।

त्यहाँका १८४ घरधुरीका १२५० जना नागरिकलाई सहज भएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post