प्रदेश ५ को प्रदेशसभा : विरोध गर्नेलाई घिसारेर निकाल्न मन्त्रीको आदेश !

 कोरखबर   १९ असोज, २०७७



असोज १९,काठमाडौं । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् ।

प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरेकाछन् । तोडफोडकै बीच चलिरहेको बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री केसीले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका हुन् ।

उनी बोल्ने क्रममा सत्तारुढ सांसदले प्रश्न सोध्न हात उठाइरहेका थिए भने विपक्षी कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका थिए ।

त्यस क्रममा मर्यादापालकहरु रोस्टममा मन्त्रीमाथि हुनसक्ने सम्भावित आक्रमण रोक्न बसेका थिए । केसीले आफूअघि उभिएका मर्यादापालकलाई हातले कोट्याउँदै नाराबाजी गर्ने सांसदलाई लक्षित गर्दै भने ‘घिसारेर निकालिहाल् ।’



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post