असोज १९,काठमान्डौ । सन् २०१९को डिसेम्वरमा छिमेकी मुलुक चिनका नागरिकलाई नयाँ संक्रमण ( कोरोना भाईरस) ले सताएको खवर सार्वजनिक भयो । चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो । विश्व अहिले पनि (कोभिड–१९) संग जुधिरहेको छ।
विश्वलाई नै हायल कायल बनाएको कोभिड–१९को संक्रमणले नेपालमा पनि प्रवेश पायो । देशमा कोभिड–१९को संक्रमण देखा परेपछि यसवाट नागरिकलाई सुरक्षित राख्न भन्दै सरकारले गएको वर्षको चैतमा मुलुकलाई लकडाउन ग¥यो । केहि समयका लागी भन्दै मुलुकभित्रका सम्पुर्ण क्षेत्रलाई ठप्प पारिएको भनिएपनि संक्रमण फैलदै गएपछि करिव ६ महिना यो क्रम जारी रह्यो । हाल पनि मुलुकका अत्यावश्यक बाहेकका क्षेत्रहरु प्रायः वन्दावन्दीकै अवस्थामा छन् ।
काठमाडौंकै गौशालामा एउटा ठुलो चौर छ ,सिफल चौर । त्यही चौरमा पछिल्लो २ हप्तादेखि २ सय भन्दा धेरै सर्वसाधरणले आफ्नो भोक मेटाईरहेका छन् ।
लामो समयसम्म रोजगारी तथा अर्थोपार्जनका क्षेत्रहरु चलायमान हुन नसक्दा दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने नागरिकहरुलाई छाक टार्नै समस्या हुन थाल्यो । दिनभरी मजदुरी गरेर परिवार पाल्दै आईरहेका नागरिकहरु रोगले भन्दापनि भोकले मर्न थालेको आवाज सुनिन थालेपछि काठमान्डौका विभिन्न ठाउँमा सहयोगी संस्थाहरुले सर्वसाधारणलाई खाना वितरण गर्न थाले ।
काठमाडौंकै गौशालामा एउटा ठुलो चौर छ ,सिफल चौर । त्यही चौरमा पछिल्लो २ हप्तादेखि २ सय भन्दा धेरै सर्वसाधरणले आफ्नो भोक मेटाईरहेका छन् । कोरोना महामारीका कारण रोजगारी गुमाउनु पर्दा हात मुख जोड्नै मुस्किल परेका झण्डै दुई सय मानिस बिहान ९ नबज्दै सिफल चौर पुग्छन्, सामाजिक दुरी कायम गरेर बस्छन् र पेटभरी खाना खाएर आ–आफ्नो कर्ममा जान्छन् । उनिहरुको पेटमा दन्किरहेको भोकको ज्वाला निभाउन लागिरहेका छन् पानु पौडेल,राकेश रावल र सुरेश मल्ल ।
साथित्वले जुटाएको साहस
पानु पौडेल ,राकेश रावल र सुरेश मल्ल साथी हुन् । उनिहरुले कोरोना महामारीका कारण आफ्नो गाँस गुमाउन पुगेकाहरुको भोक मेटाउने बारे सल्लाह गरे । निचोड निस्कियो, उनिहरुलाई एक छाक भएपनि खाना खुवाउने । तर खर्च कसरी जुटाउने ? समस्या यहि थियो । उनिहरुले एकआपसमा मिलेर व्यक्तिगत खर्च जुटाउदै उनिहरुलाई खाना खुवाउने साहस जुटाए र सोही अनुसार अभियानको सुरुवात गरे ।
लकडाउनका कारण अप्ठेरोमा परेका व्यक्तिहरुलाई सहयोग गर्नु हाम्रो पनि दायित्व रहेको महशुस गर्दै अभियान सुरुवात गरिएको पौडेलले बताए । आपसी समन्वयमा स्रोत व्यवस्थापन गर्दै सयौ जनाको भोक मेटाईरहेका यि तिन मनकारीको कर्ममा साथ दिन अहिले अरु धेरै मनकारीहरु जोडिएका छन् ।
होटलमै तयार हुन्छ खाना
आ–आफ्नो पेशा व्यवसायमा बाँधिएका उनिहरुलाई आँफै भान्छाको व्यवस्थापन गरेर खाना खुवाउन गाह्रो थियो । उनिहरुले खानाको व्यवस्थापन कसरी गर्ने भन्ने बारे सल्लाह गरे र होटलमै तयार खाना वितरणको निधो गरे । अहिले उनिहरु होटलमै तयार पारिएका गुणस्तरिय खाना गौशाला सिफल चौरमा लगेर वितरण गर्छन् । अहिले उनिहरुले करिव २ सय जनालाई विहानको खाना खुवाईरहेका छन् ।
लकडाउनका कारण अप्ठेरोमा परेका व्यक्तिहरुलाई सहयोग गर्नु आफ्नो पनि दायित्व रहेको महशुस गर्दै आपसी समन्वयमा स्रोत व्यवस्थापन गर्दै सयौ जनाको भोक मेटाईरहेका तिन मनकारीको कर्ममा साथ दिन अहिले अरु धेरै मनकारीहरु जोडिएका छन् ।
हामीले यहीको एउटा पार्टी प्यालेसलाई भनेका छौँ, त्यहाँ गुणस्तरीय खाना तयार हुन्छ र हामी यहाँ (सिफल चौर )मा ल्याएर वितरण गर्छौँ, पौडेलले भने , "लागेको खर्च आपसी सहकार्यमा व्यवस्थापन गर्ने गरेका छौँ । अहिले बाहिरबाट पनी सहयोग आउन थालेको छ।" उनिहरुले खाना वितरण त गरेकै छन्,कोभिड–१९ बाट बच्नका लागी आवश्यक सुरक्षा सतर्कता पनि अपनाईरहेका छन् । खाना खान आउने सवै सावुन पानीले हात धुन्छन्, सामजिक दुरी कायम गरेर बस्छन् । उनिहरुले सरसफाईमा पनि ध्यान दिएका छन् ।
२ हप्तादेखी जारी रहेको यो अभियानको नेतृत्व उनै पौडेलले गरिरहेका छन् । पौडेल भाटभटेनी सुपर स्टोरका व्यवस्थापन प्रमुख हुन् । उनिसंगै खटिईरहेका छन् सुरेश मल्ल र राकेश रावल । यि तिन मनकारी संगै अहिले दर्जनौ सहयोगीहरु सहयोगको हात बढाउँदै उनिहरुसंग जोडिन पुगेका छन् । इन्दु लामिछाने, करुणा गजुरेल, पवित्रा पौडेल, कपिल कर्माचार्य, कैलाश दाहाल लगायत दर्जनौ युवाहरु उनिहरुको अभियानमा जोडिएका छन् ।
अभियानको निरन्तरता
लकडाउनका कारण देशका सवै क्षेत्र ठप्प हुँदा दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरु बढि मारमा परे । लामो समयसम्म काम नपाउँदा संचित रकमले कति दिन पो थेग्थ्यो र । लकडाउनको महिना दिन नवित्दै दिनभरी कमाएर छाक टार्नेहरुलाई भोकले सताउनु स्वभाविकै थियो । लकडाउनको विचमा धेरैले गाँस र बास गुमाउन पुगे ।
गाँस गुमाएकालाई खाना खुवाउने अभियान सुरु गरेका यि तिन युवाहरु अभियानलाई निरन्तरता दिन सकिन्छ,सकिदैन भन्नेमा थिए। अभियानमा साथ दिने हातहरु थपिदै गएपछि अहिले उनिहरु प्रफुल्लित छन् ।देश विदेशबाट सहयोग आउन थालेपछि यो अभियान (हुनेले दिने,नहुनेले लिने) लाई अझै निरन्तरता दिने पक्षमा उनिहरु छन् । -तस्विर : पानु पौडेल र सुरेश मल्लको फेसवुकबाट ।