डेढ महिनापछि तातोपानी नाकाबाट १२ कन्टेनर नेपाल भित्रिए !

 कोरखबर   १९ असोज, २०७७



असोज १९, सिन्धुपाल्चोक । डेढ महिनादेखि ठप्प रहेको उत्तरी नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । नेपाली र चिनियाँ अधिकारीबीच असोज १३ गते तातोपानी नाका खोल्ने सहमति भएको थियो । उक्त सहमतिसँगै सोमबार १२ वटा कन्टेनरमा सामान नेपाल भित्रिएका छन् ।

तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना जारी गरेपछि पछिल्लो समय नाका ठप्प थियो ।

नाका खुलेलगत्तै १२ वटा कन्टेनर लत्ताकपडा, पर्दाजस्ता रेडिमेड सामग्री लिएर सिन्धुपाल्चोकभोटेकोसी गाउँपालिका–२ स्थित सुक्खा बन्दरगाह कटिसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

नाकाबाट नेपाल भित्रिएका सामानसहितका कन्टेनरहरुको भन्सार जाँचपासको प्रक्रिया सकिएपछि सबै सामग्री काठमाडौं पठाइने खत्रीले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post