अझै सुरु हुन सकेन् नेकपा संसदीय दल प्रदेश ५ को बैठक

 कोरखबर   १९ असोज, २०७७



असोज १९,बुटवल ।  रुपन्देहीलाई औद्योगिक एवं पर्यटकीय हब  बनाउने प्रतिबद्धता जनाएर प्रदेश ५ सरकार दाङको देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोक्न गरेको प्रस्ताव पारित गराउने कसरतमा लागेको छ । 

उक्त प्रस्तावसहित बैठकमा नोट अफ डिसेन्ट लेखेका प्रदेशसभा सदस्यहरुसँग बिहानैदेखि गुट गुटमा बैठक बसिरहेका छन् । नेकपा प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले रुपन्देहीलाई औद्योगिक एवं पर्यटकीय हबसहित केही विकासका नयाँ मोडल सार्वजनिक गरेर राजधानी दाङ लैजाने प्रस्तावबारे छलफल भइरहेको बताए । पन्थीले यसअघि दाङमा राजधानी लैजाने प्रस्तावविरुद्ध लिखित असहमति जनाएका थिए ।

राजधानी सार्ने तर रुपन्देहीको विकासका लागि ठोस काम गर्ने सहमति जुटाउन सोमबार बिहान ७ बजे नेकपा संसदीय दलको बैठक बोलाइएको थियो । लुम्बिनी क्षेत्रका प्रदेशसभा सदस्यले असहमति जनाएपछि बैठक अझै सुरु हुन नसकेको हो । नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले भने प्रदेशसभा सदस्य नआएका कारण बैठक सुरु गर्न नसकेको बताए ।

सर्वदलीय बैठक पनि सुरु भएन

नेकपाले सर्वदलीय सहमतिका लागि भन्दै बिहान ८ बजे सर्वदलीय बैठक बोलाएको थियो । सबै दल उपस्थित नभएपछि उक्त बैठक पनि अहिलेसम्म सुरु भएको छैन । नेपाली कांग्रेसले आइतबारको बैठकमा राजधानी सार्ने विषयमा केन्द्रीय नेताहरुसँगै छलफल गरेर निष्कर्ष निकाल्न आग्रह गरेको थियो । केन्द्रमा त्यसबारेमा छलफल नभएपछि कांग्रेस नेता बैठकमा आउन ढिलाइ गरेका हुन् । नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले संसदीय दलका नेता आउँदै गरेको र केही बेरमा बैठक बस्ने बताइन् ।

कांग्रेसले समेत बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । सहमति नजुटेपछि उक्त बैठक समेत अझै सुरु भएको छैन । प्रदेशसभाले भने दिउँसो १२ बजे प्रदेशसभा बोलाएको छ । जसमा सरकारले लगेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post