असोज १८,काठमान्डौ । राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
आइतबार चार बजेका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अर्को बैठकको मिति तय नभएको प्रवक्ता श्रेष्ठले बताए ।
यसअघि शनिबार चार बजे बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार, सचिवालयका कर्मचारी र पाँच दर्जन बढी सुरक्षाकर्मीमा एकैपटक कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री ओली शनिबारदेखि नै आइसोलनमा छन् । उनले सबै भेटघाट बन्द गरेपछि आइतबारको पार्टी सचिवालय बैठक स्थगित गरिएको हो ।