पौडेल समुहको ‘अल्टिमेटम’ : कांग्रेसभित्र छलफल शुरु !

 कोरखबर   १८ असोज, २०७७



असोज १८, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफूले उठाएको माग सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दिएको एक हप्ते ‘अल्टिमेटम’ सकिनै लाग्दा सो समूहको मागबारे पार्टीमा छलफल शुरु भएको छ ।

पौडेल समूहको मागबारे देउवाले शनिबारदेखि आफू निकट नेता, पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग परामर्श सुरु गरेका थिए । पौडेल पक्षको माग र भोलिको केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल गर्न आइतबार बिहान पदाधिकारी बैठक बोलाइएको थियो तर चार केन्द्रीय सदस्य र पार्टी कार्यालयमा कार्यरत केही कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि पदाधिकारी बैठक स्थगित गरिएको छ ।

पौडेल पक्षले १२ गते एक हप्ताभित्र आफ्ना माग पूरा नगरेमा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको थियो । पौडेल पक्षले पछिल्लो समयमा देउवाले ‘एकलौटी’ रुपमा गठन गरेका विभाग तथा पुराना विभागमा भएका केही नयाँ नियुक्ति सच्याउनु पर्ने, बाँकी जिल्लामा समायोजनको बाँकी काम छिटो सक्नुपर्ने र आफूखुसी क्रियाशील सदस्यता बाँड्ने काम रोक्नुपर्ने माग गर्दै आएको छ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post