असोज १७,काठमान्डौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार मात्रै बस्ने भएको छ । शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार आज अपराह्न ४ बजे बैठक बोलाउने समझदारी भएको बताइएको थियो ।
तर, महासचिव विष्णु पौडेलले औपचारिक जानकारी नगराएको र बैठक अब आइतबार अपराह्न ४ बजे बस्ने गरी खबर आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
भोलि बस्ने बैठकमा यसअघि नै तय भएका र छलफल हुन बाँकी रहेका विषयमा छलफल हुने नेकपाका नेताहरूले जानकारी दिएका छन् ।
नेकपामा केन्द्रीय सदस्यलगायत पूर्णकालीन कार्यकर्तालाई तबल दिने, कोरोना कालभरि सांसदहरूले बैठक भत्ता नलिनेलगायत एजेन्डा छलफल हुन बाँकी छन् ।