असोज १७,काठमाडौं । कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य लाभको सन्देश दिएका छन ।
राष्ट्रपति ट्रम्प र उनकी पत्नीमा कोभिड १९ संक्रमण पुष्टि भएपछि ओलीले ट्विटरमार्फत स्वास्थ्य लाभको कामना गरेका हुन् ।प्रधानमन्त्री ओलीले ट्रम्पको ट्विटलाई मेन्सन गर्दै गए राति स्वास्थलाभको कामना गरेका छन्।