काठमाडौं । यती एयरलाइन्सले यही असोज २१ देखि सिमरामा नियमित उडान गर्ने भएको छ ।
सन् २००८ मा काठमाडौं- सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो ।
एयरलायन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए। ।
यतीले प्रत्येक दिन बिहान ९ बजे र साँझ ४:४५ बजे काठमाडौंदेखि सिमरा उडान भर्दैछ । एयरलाइन्सका बिक्री तथा बजार निर्देशक शरल एस जे वि राणाका अनुसार यात्रुहरुको माग बमोजिम पुनःसेवा प्रारम्भ गर्न लागेको जानकारी दिए।