असोज १६, काठमान्डौ । यातायात व्यवस्था विभागले घटस्थापनाको एक साताअघि बसको अग्रिम टिकट खोल्ने तयारी गरेको छ। यसका लागि विभागले यातायात व्यवसायीसँग छलफल सुरु गरेको छ। अग्रिम टिकट खोल्न व्यवसायी सकारात्मक रहेको विभागका प्रवक्ता डा। लोकनाथ भुषालले जानकारी दिए।
यो वर्ष कातिक महिनाबाट दशै सुरु हुँदैछ । अघिल्ला वर्ष दशैंमा करिब २० देखि २५ लाख यात्रु बाहिरिन्थे। यो वर्ष ४ देखि ६ लाख मात्रै बाहिरिन्छन् भन्ने हम्रो अनुमान रहेको भुषालले बताए ।