काठमाडौं । महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारत सरकारले नेपालका ३० जिल्लाका सरकारी निकाय र गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ एम्बुलेन्स र ६ वटा बस उपहार दिएको छ ।
एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका हुन् । एड्भान्स अन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि हुनेछन् ।
आज बितरित ६ बस सहित हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरेको जनाएको छ। आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा भारत सरकारले जारि राखेको निरन्तर सहयोग अनुरुप उक्त एम्बुलेन्स तथा बसहरु प्रदान गरिएको दूतावासले जनाएको छ ।