काठमाडौं उपत्यकामा संक्रमणको दर बढ्ने क्रम तीब्र !

 कोरखबर   १५ असोज, २०७७



असोज १५,काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४३ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ८ सय १७ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ६८ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५८ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २५ हजार ७५ पुगेको छ । यसमध्ये काठमाडौमा १९ हजार ८ सय ६, ललितपुरमा २ हजार ३ सय १४ जना र भक्तपुरमा २ हजार १ सय ८८ जना संक्रमित छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post