बैंकिङ कसूर मुद्धामा फरार अभियुक्त पक्राउ !

 कोरखबर   १५ असोज, २०७७



असोज १५,काठमान्डौ । प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका एक व्यक्तिलाई ललितपुरको ठेंचोबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्जवल महर्जनका अनुसार बिहीबार एक करोड ६५ लाख जरिवाना र तीन वर्ष कैद सजाय पाएका फरार रहेका ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई पक्राउ गरिएको हो ।

उनलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७१ साल मंसिर २१ गते तीन वर्ष कैद र एक करोड ६५ जरिवाना सजाय दिएको थियो। रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post