काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । रेग्मीको राजीनामा स्वीकृत भएको छ
आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेपनि रेग्मीले कार्यकाल अगाबै राजीनामा दिएका हुन । उनले राजीनामा दिएसङ्गै सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर अधिकारी मध्येबाट मुख्यसचिव बनाइने भएको छ ।
बालुवाटारमा जारी मन्त्रिपरिषदको वैठकले नयाँ मुख्य सचिव नियुक्त गर्ने सम्भावना रहेको छ ।