काठमाडौं । सरकारले आजदेखि सुपथ मुल्य पसल सञ्चालन हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकामा दशैं, तिहार र छठ पर्वलाई लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको हो ।
मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चाडपर्व लक्षित पसल सञ्चालन गर्न लागिएको जानकारी दिइन् कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलव्ध गराइने जनाएको छ । मन्त्रालयका अनुसार यस्ता पसल मंसिंर ६ गतेसम्म सञ्चालन हुनेछ ।