असोज ११,काठमान्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।
प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबीच आइतवार दुई घण्टा लामो भेटवार्ता भएको थियो। मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भए पनि अझै निष्कर्षमा भने नपुगेको प्रचण्डको सचिवालयले जनाएको छ।
'उहाँहरुबीच छलफल सकियो, छलफललाई निरन्तरता दिने कुरा भएको छ', प्रचण्डको सचिवालयका एक सदस्यले भने। केही दिनयता दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्तिका विषयमा छलफल चलिरहेको छ।
त्यस्तै प्रधानमन्त्री ओलीले आजै १२ बजेका लागी मन्त्रिपरिषदको आकस्मिक बैठक पनि बोलाउनुभएको छ । बैठकको एजेण्डाबारे भने जानकारी दिइएको छैन।