सम्झनाको बलात्कारपछि हत्या गर्ने अपराधीलाई कारबाही हुनु पर्छ:डा डिला सङ्ग्रौला

 कोरखबर   ११ असोज, २०७७



काठमाडौं । कांग्रेस नेत्री डिला सङ्ग्रौलाले बझाङ घटनाप्रती दु:खद व्यक्त गरेकी छिन ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनलेे भनिन्  सम्झनाको बलात्कारपछि  हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न सरकारसँग माग गर्दछु। ।

रुकुम पश्चिममा ६ युवाहरुको हत्यापछि मधेसमा पनि दलित समुदायविरुद्ध हत्या र हिंसाका घटना भएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन । देशभरि यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो सिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले भनिन्, “नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post