असोज ११,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सामान्यतयाः मन्त्रिपरिषद बैठक सोमबार बस्ने गर्छ । तर आज प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बैठक बोलाउनुभएको छ।
गत आइतबार नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा छलफल भएकाले आजको मन्त्रिपरिषद बैठकमा पनि यही विषयमा छलफल हुनसक्ने स्रोतले बताएको छ ।