काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भटवार्ता जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनको विषयलाई लिएर छलफल भैरहेको छ । नेकपाले मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरेको छ ।
सचिवालय बैठकमा यस विषयमा छलफल भएपनि मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड बनाउनेदेखि पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सचिवालयले अध्यक्षद्धयलाई जिम्मेवारी दिएकाले नेकपा अध्यक्षद्वयबिछ भटवार्ता भएको हो ।