काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका-१४ मा वडा विभाजनको माग भएको छ । १६ सय हस्ताक्षर सहितको वडा बिभाजनमागपत्र नगर प्रमुख दिलीपप्रताप खाँणलाई स्थानीयले बुझाएका हुन्।
वालिङ नगरपालिकालाई वडा नं १०, साविक थुमपोखरा गाविसको ५ वटा वडा, कालिकाकोटको ३ वटा वडा समेत मिलाएर १४ नं वडा कायम गरिएको थियो। ठुलो वडा भएकै कारण बिकास निर्माण लगायत सरकारी सेवा सुबिधामा स्थानीयको पहुँच पुग्न कठिन भएको भन्दै वडा विभाजन समितिका संयोजक कपिल खाँण बताउँछन्।
हालको वडालाई विभाजन गरी छुट्टै वडा कायम गर्न माग गरिएको छ। भेलाले साविक वालिङ १०, थुमपोखरा ९ र कालिकाकोट २ को भौगोलिक क्षेत्रलाई समेटेर छुट्टै वडाको माग गरेको छ।