ट्रमाले डिस्चार्ज गरेपछि डा. केसी शिक्षण अस्पतालमा !

 कोरखबर   ६ असोज, २०७७



असोज ६, काठमाण्डौ । अनसनरत डाक्टर गोविन्द केसीलाई शिक्षण अस्पताल लगिएको छ । मङ्गलबार नेपालगञ्जबाट काठमाण्डौ आएपछि शिक्षण अस्पताल जान खोज्दा प्रहरीले बल प्रयोग गरेर डाक्टर केसीलाई ट्रमा सेन्टर पुर्‍याएको थियो ।

ट्रमा सेन्टरले डाक्टर केसीलाई डिस्चार्ज गरेपछि उहाँ अहिले त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना हुनुभएको छ । डाक्टर केसीको आग्रहपछि ट्रमा सेन्टरले डिस्चार्ज गरेको उहाँका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो ।

उहाँलाई इमर्जेन्सी वार्डमा भर्ना गरिए पनि स्वास्थ्य समस्या भने सामान्य रहेको सहयोगी सुवेदीले बताउनुभयो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post