काठमाडौं । साझाले भोलिदेखि लामो दूरीका गाडी चलाउने निर्णय गरेको छ । बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा साझा यातायातले गाडी चलाउने भएको छ ।
कोरोनाबाट सचेत हुँदै सामाजिक दुरी कायम गरी लामो दूरीमा यातायात सञ्चालन गर्न लागेको हो साझाले जानकारी गराएको हो । भोलि साँझ ७ बजे बाग्लुङका लागि र सवा ७ बजे सुनौलीका गाडी हुँदै गाडी छुट्ने बताइएको छ ।
साझाले दुवै गन्तव्यमा जाने र आउने गरी २–२ वटा गाडी संचालन हुने बताएको छ । यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सकिनेछ ।