काठमाडौं । आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न सरकारले रोक लगाउने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुन लागेको ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको हो।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए । कोरोना महामारी, थ्रेस होल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेकाले निर्वाचन स्थगित गर्न प्रदेश-२ का मुख्यमन्त्री राउतले माग गरेका हुन ।