असोज ५,काठमान्डौ । जुम्लामा अनशनरत डा. गोविन्द केसीले औषधि र उपचार लिन अस्वीकार गरेका छन्। चिकित्सा शिक्षामा सुधारको माग गर्दै एक मन्दिरमा सत्याग्रह थालेका डा। केसीको स्वास्थ्य बिग्रिँदै गएपछि चिकित्सकले अस्पताल भर्ना गर्न सुझाव दिएका थिए।
स्थानीय प्रशासनले उनलाई शनिबार राति अस्पताल पु¥याएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा लगिए पनि उनले औषधि र उपचार लिन मानेका छैनन्। प्रहरीले जबर्जजस्ती आफूलाई अनशनस्थलबाट उठाएको उनको भनाइ छ।
आफ्ना माग पूरा नभएसम्म अस्पतालको उपचार नलिने उनको अडान छ। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन्।