काठमाडौँ । आज बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित गरिएको छ । आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले आज मन्त्री हेरफेरको मापदण्डको एजेन्डामाथी छलफल गर्ने तय गरेको थियो ।
बैठक भोलि दिउँसो साढे १२ बजे बस्ने गरि आजको समय स्थगित भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।