त्रिशूली दुर्घटना : चालक र सहचालक सम्पर्कमा !

 कोरखबर   ४ असोज, २०७७



असोज ४, काठमान्डौ । आईतबार विहान त्रिशूली नदीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सहचालक सम्पर्कमा आएका छन्। धाङिको जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट विहान ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा  खसेको थियो।

खसेपछि सम्पर्कविहीन भएका चालक र सहचालक सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए। चालक हेटौंडाका ३२ वर्षीय  सुदिप बोहरा र सहचालक मनिस नगरकोटी छन्। उनीहरू केहीबेर आत्तिएर कता गएका थिए, पछि सम्पर्कमा आए" एसपी रेग्मीले भने।

उनीहरूले प्रहरीलाई दिएको बयान अनुसार गाडीको स्टेरिङ अड्किएपछि दुर्घटना हुन पुगेको हो। उनीहरूले हाम्फालेर ज्यान जोगाएका छन् । दुर्घटनापछि ट्याङकरमा आगलागी भएको थियो। ट्याङ्करलाई अहिले त्रिशूलीबाट निकाल्ने तयारी भइरहेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post