करेन्ट लागेर एक युवकको मृत्यु !

 कोरखबर   ४ असोज, २०७७



असोज ४,चितवन– तारमा कपडा सुकाउने क्रममा करेन्ट लाग्दा चितवनमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाको मायागडी गाउँपालिका–८ घर भएका २७ वर्षीय प्रेम राना रहेका छन् । उनि चितवनको भरतपुर महानगरपालिका–३ स्थित त्रिशक्ति कङ्क्रिट एन्ड ब्लक कम्पनीमा काम गर्दै आईरहेका थिए । 

कम्पनीकै हाताभित्र तारमा कपडा सुकाउने क्रममा उनलाई करेन्ट लागेको थियो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post