काठमाडौं । प्राध्यापक डा.गोविन्द केसीलाई बार्तामा ल्याउनु पर्छ भन्दै नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गरी सरकारले जुम्लामा अनशनमा बसेका केसीसँग सरकारले संवादको कुनै पहल नगरेको विषयमा पार्टीले गम्भीरतापूर्वक लिएको जनाएका हुन्।
कांग्रेसले केसीको जीवन रक्षाको माग गर्दै जायज माग पूरा गर्न तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णाली प्रदेश सरकारसँग माग गरेको छ।
कर्णालीको विकास र समग्र समृद्धिका लागि बुलन्द आवाज उठ्नु स्वाभाविक र जरुरी रहेको भन्दै कांग्रेसले सरकारलाई केसीसँग संवाद सुचारुको माग गरेको हो।
केसी सोमबारदेखि जुम्लामा अनसन बसेका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको छ।