युवालाई सहुलियतपूर्ण कर्जा कार्यक्रम सन्चालन

 कोरखबर   २ असोज, २०७७



बुटवल । आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई लक्षित गरी विना धितोमा सहुलियतपूर्ण कर्जा कार्यक्रम तिलोत्तमा नगरपालिकाले सुरु गरेको छ । कोरोना महामारीको कारण रोजगारीका बाट बन्चित युवाहरूलाई नगरपालिकाले स्वरोजगार बन्न चाहने ऋण नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति चारलाखसम्म सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो ।

पहिलो फेजमा दुई करोड रुपैयाँ कर्जा प्रवाह गर्ने गरी नगरपालिकाले युवाहरुसँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेका झण्डै सात सय मध्ये पहिलो चरणमा छनौट भएका ८७ जनालाई कर्जा दिन थालिसकेको छ ।

शुक्रबार नगरपालिकामा एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव घिमिरेले १५ जना लाभग्राहीलाई कर्जा प्रस्ताव–पत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरण गरेका छन् ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post