एलपी ग्यास सिलिण्डर २१ सयमा

 कोरखबर   २ असोज, २०७७



काठमाडौं । बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ रहेको छ । बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा अनियमितता भएको भन्दै एक रुपता ल्याउन यस्तो निर्णय गरिएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको सिलिन्डरसहित ग्यास किन्दा ३४ सय ७५ रुपैयाँ कायम भएको छ ।

निगमले तोकेको ग्यासको प्रतिसिलिण्डर मूल्य १३ सय ७५ र सिलिण्डरको धरौटी २१ सय गरि ग्याससहित नयाँ सिलिण्डरको मूल्य ३४ सय ७५ निर्धारण गरिएको अध्यक्ष भण्डरीले बताए ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post