जनकपुरधाम – जनकपुर– जयनगर चल्ने नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदैछ ।अहिले रेल नेपाली भूमि प्रवेश गरेको र दिउँसोसम्म जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।
नेपाल आइरहेको रेलमा नेपालको झण्डाको रंगको समिश्रण छ । सात वर्षदेखि बन्द रहेको रेल पुनः सञ्चालनमा आउने भएपछि स्थानीयहरू खुशी देखिएका छन् । नेपालमा रेल आएपछि कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत तारिफ गरेका छन् ।
यो रेलको काम तीन चरणमा भइरहको छ । पहिलो चरणअन्तर्गत जयनगर देखि कुर्था सम्मको काम सम्पन्न गरिएको जनाइएको छ ।
तस्वीरमा हेर्नुहोस् नेपालको आफ्नै रेलः
तस्वीरहरुः रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट