असोज २, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा शुक्रबार बिहान खसेको पहिरोले यातायात अवागमनमा अवरोध सिर्जना गरेको हो ।
अहिले दुई ठाउँको पहिरो हटाईसकिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सडकखण्ड अन्र्तगत पर्ने चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ ।
पहिरोका कारण सो सडकखण्ड भएर चल्ने दर्जौनौ सवारी साधन बाटोमा रोकिएका छन् ।