काठमाडौं । आज बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। आजको बैठक अब आइतबार बिहान ११ बजे पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
संविधान दिवसको तयारीमा मन्त्रीहरू व्यस्त भएकाले आजको बैठक स्थगित गरिएको बताइएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने सहमति भएपछि पार्टी बैठक पेरिसडाँडामा हुने भएको थियो ।