उपत्यकाको ३ जिल्लाका जिल्ला प्रसशन कार्यालय असोज ४ बाट सुचारु

 कोरखबर   १ असोज, २०७७



काठमाडौँ । साउन २५ देखि कोरोनाका कारण बन्द रहेका उपत्यकाका ३ जिल्लामा जिल्ला प्रशासन कार्यालयले असोज ४ देखि नियमित सेवा सुरु गर्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्ड अपनाई काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको छलफल अनुसार तीनवटै प्रशासन कार्यालयले एउटै ढाँचामा सेवा दिने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

सेवाग्राहीले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने र कार्यालय परिसरमा स्यानिटाइजर प्रयोग गर्न वा अनिवार्य रुपमा हात धोएर मात्र सेवा लिनुपर्ने पनि सूचनामा उल्लेख छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post