काठमाडौँ । भर्खरै निर्वाचित जापानीका प्रधानमन्त्री योशिहिदे सुगालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । सामाजिक संजाल ट्वीटमार्फत ओलीले बधाई दिएका हुन्।
प्रधानमन्त्री ओलीले जापानसँग सदैव मित्रता र सहकार्य गर्दै गहिरो सम्बन्ध स्थापित गरिरहने बताए । ‘जापानको प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकोमा तपाईँलाई हार्दिक बधाई छ’ । ‘दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध र साझेदारीलाई गहिरो र फराकिलो बनाउन नजिकबाट काम गर्ने आशा राख्दछु।’ प्रधानमन्त्री ओलीले भनेका छन् ।