वामदेवको शपथ आजै....!

 कोरखबर   १ असोज, २०७७



असोज १,काठमान्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले बुधबार ढिलो गरी पठाएको सिफारिस बुधबारै राष्ट्रपति कार्यालयमा दर्ता भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त हुने पक्कापक्की भएको छ ।

राष्ट्रपतिको कार्यालयले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेको सूचना राष्ट्रियसभाको सचिवालयलाई पठाएलगत्तै आजै उहाँको शपथ गराउने कार्यक्रम पनि तय भएको प्रधानमन्त्री कार्यालयस्रोतले जनाएको छ । ‘यदि राष्ट्रपति कार्यालयबाट आज चिठी आयो भने हामी ढिलो नगरी उहाँलाई बोलाउँछौँ’, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बताए ।

गौतमका बारेमा पार्टी निर्णयका आधारमा मन्त्रिपरिषद् बैठकमा प्रस्ताव टेबुल हुँदासम्म निर्णय सार्वजनिक नगरिएपछि पार्टी निर्णय कार्यान्वयनको विषयमा सर्वत्र प्रश्न उठेको थियो । पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग यसबारेमा बुधबार व्यापक प्रश्न उठाएपछि हिजै सिफारिस पठाइएको हो ।

मन्त्रिपरिषद् टुंग्याउन सचिवालय बैठक

नेकपाको सचिवालय बैठक शुक्रबार विहान बालुवाटारमा बस्ने भएको छ । भोलिको बैठकले मन्त्रिपरिषद् पुनर्गठनका बारेमा टुंगो लगाउने सम्भावना रहेको एक सचिवालय नेताले बताए ।

स्थायी कमिटी बैठकको निर्णयअनुसार अब गरिने मन्त्रिपरिषद् पुनर्गठन तथा सबैखाले सरकारी नियुक्तिपूर्व पार्टीको अनुमति लिनुपर्ने छ । सोहीअनुसार भोलिको सचिवालय बैठकमा मन्त्रिपरिषद्मा को रहने, को हट्ने भन्ने कुरा टुंगो लगाउन लागिएको हो ।

प्रधानमन्त्रीको अनिच्छा भए पनि उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय तोक्ने प्रस्ताव भोलिको सचिवालय बैठकमा पेश हुँदैछ । जनआस्थाले लेखेको छ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post