सर्वोच्च अदालतसहित देशभरका अदालत आज बन्द

 कोरखबर   १ असोज, २०७७



काठमाडौं । सर्वोच्च अदालत आज एक दिनका लागि बिदा हुने भएको छ । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिइने भएको छ ।

सर्वोच्च अदालतले हिजो बसेको आकस्मिक बैठकबाट सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको थियो ।

सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post