नक्कली प्रेस कार्ड बनाउने तिन जना रिहा, एक जना आइसोलेसनमा !

 कोरखबर   ३१ भदौ, २०७७



३१ भदौ, काठमाडौं । नक्कली प्रेस कार्ड बनाएको अभियोगमा पक्राउ परेका तीन जना धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०/१० हजार रुपैयाँ धरौटी लिएर उनिहरुलाई छाड्न आदेश दिएसंगै उनिहरु धरौटीमा रिहा भएका हुन् । 

प्रशासनको आदेशपछि बर्दियाका श्रीराम खड्का, नवलपुरका रमेशकुमार रेग्मी र स्याङ्जाका राजेन्द्र भण्डारी छुटेको एसएसपी दिपक थापाले बताए ।

 मुख्य आरोपित बागबजारस्थित कालिका प्रिटिङ प्रेसका सञ्चालक लक्ष्मण न्यौपाने भने आइसोलेसनमा छन् । उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको छ । निको भएपछि उनको अभियोगमाथि सुनुवाई हुने जनाइएको छ ।

यसअघि २२ भदौमा बागबजारबाट १० वटा नक्कली प्रेस आईडी कार्डसहित चार जनालाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गर्न गएका दुई जना प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post