असोज १ बाट हवाई टिकेट बुकिङ गर्न सकिने

 कोरखबर   ३० भदौ, २०७७



काठमाडौं । नेपाल सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनीले पनि अब बुकिङ खुलाउने तयारीमा जुटेका छन् ।

असोज १ बाट हवाई टिकट बुकिङ खुल्ने छ हामीलाई सूची आएपछि त्यसका आधारमा वायुसेवा कम्पनीलाई परमिट दिन्छौं  नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

एक तिहाई उडान मात्र पहिलो चरणमा खुल्ने भएकाले  उनी भन्छन्, ‘त्यही अनुसार वायुसेवा कम्पनीले उडान अनुमति पाउने छन् ।’

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यका लगायत शहरहरुमा निषेधाज्ञा लागू भयो । त्यसपछि उडान समेत पर सरेको हो । पछिल्लो समय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ असोजबाट आन्तरिक उडान खोल्ने निर्णय लिएको थियो ।



 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post