नेपाल रेल्वेमा रोजगारी,एक सय २९ जना माग ।

 कोरखबर   २९ भदौ, २०७७



काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटिडले विभिन्न पदमा कर्मचारी करारमा भर्ना गर्ने भएको छ।

जनकपुर–जयनगर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउन यससम्बन्धी १५ दिने सूचना समेत जारी गरेको छ ।

कम्पनीले सूचना जारी गर्दै प्रशासन, सब–इन्जिनियरिङ, सहायक स्टेसन म्यानेजर, लेखापाल कम्प्युटर अपरेटर, टिकट बिक्रेता, टिकट कलेक्टर, ट्रयाक निरीक्षक, फोरम्यान, इलेक्ट्रिसियन, अमिन गार्ड, टिटिइ, हेल्पर, पोइन्टस म्यान र पुस ट्रली चालकलगायत १ सय २९ जनाको आवेदन माग गरेको छ।

१५ दिनभित्र रेलवेको वेबसाइटमा अनलाइन आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। हाल करारमा कर्मचारी लिन लागिएको हो। करार अवधि कम्तीमा ६ महिनाको हुनेछ। नेपाल सरकारको नियमअनुसार पारिश्रमिक तोकिने पनि कम्पनीले जनाएको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post