मध्यरातमा एक्ली महिलाको घर पुगे प्रहरी हवल्दार......गाउँलेले समातेर चौकीमा बुझाए !

 कोरखबर   २९ भदौ, २०७७



भदौ २९, जनकपुरधाम : धनुषामा एक प्रहरी हवल्दार मध्यरातमा महिलासँग रंगेहात पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार प्रेम नेपाली महिलासँग पक्राउ परेका हुन्।

जिल्लाको शहीदनगर नगपालिका–३ यदुकूहास्थित एक दलित महिलाको घरबाट प्रहरी हवल्दार नेपालीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए। आवश्यक कारबाहीका लागि हवल्दार नेपालीलाई राति नै स्थानीयले यदुकूहा प्रहरी कार्यालयमा बुझाएको वडाध्यक्ष नागेन्द्र मण्डलले जानकारी दिए।

 ‘प्रहरी घरमा पुगेपछि ति महिलाले चोर-चोर भन्दै हल्ला गरिन्, वडाध्यक्ष मण्डलले भने, ‘त्यसपछि उनको घर पुगेका स्थानियले ट्वाइलेटमा लुकेको अवस्थामा प्रहरी हवल्दारलाई समातेर प्रहरी कार्यालयमा बुझाए ।’ 

वडाध्यक्ष मण्डलका अनुसार ति महिलाको श्रीमान् वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। घरमा कोही नभएको मौका छोपेर प्रहरी हवल्दार गलत नियतले उनको घर पुगेको देखिएको छ।

यदुकूहाका इन्सपेक्टर दीपकबाबु केसीले घटनाको विषयमा अनुसन्धान गरिरहेको बताए। उनले रातिको समयमा नशा सेवन गरी महिलाको घरमा पुग्नु गलत भएको भन्दै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयमा पत्राचार गर्ने बताए। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post