मन्त्रिपरिषद बैठक : कुलमानलाई विदाई गर्ने या निरन्तरता दिनेबारे निर्णय हुने !

 कोरखबर   २९ भदौ, २०७७



काठमाडौैं, २९ भाद्र । मन्त्रिपरिषद बैठक साँझ पाँच बजेका लागि डाकिएको छ । आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे टुंगो लगाइने बुझिएको छ ।

प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएको छ । आज उनैलाई पुनः नियुक्ति दिने या नदिनेबारे टुंगो लाग्नेछ । कुलमानको समय सकिएपछि मात्र क्याबिनेट डाकिनुलाई अर्थपूर्ण मानिएको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली उनको निरन्तरताको पक्षमा छैनन् । उनी अर्को व्यक्तिलाई कार्यकारी निर्देशक बनाउने पक्षमा छन् ।

आज ठाडो निर्णयबाट प्रधानमन्त्रीले कार्यकारी निर्देशक बनाउन सक्ने चर्चा पनि छ । प्रक्रियामा गएर प्रतिष्पर्धाबाट बनाउने गरी हाललाई कायममुकायम अरु कसैलाई दिने सम्भावना पनि छ ।

यसैगरी, बामदेव गौतमबारे पनि आजै टुंगो लाग्नेछ । गौतमलाई राष्ट्रियसभामा लान राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय हुने बुझिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post